You are viewing the translated version of असर पार्न, नहुने.

Rule 23A
असर पार्न, नहुने
(१) पर्वतारोही दल, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार, स्थानीय कामदार र पर्वतारोही दलको प्रतिनिधिले नेपाल र अन्य राष्ट्रको सुरक्षा, प्रतिष्ठा र आपसी वैदेशिक सम्बन्धमा खलल पुच्याउने वा अन्य पर्वतारोही दलको पर्वतारोहण सम्बन्धी काममा अवरोध पुच्याउने कुनै काम गर्नु हुदैन।

(२) कसैले उपनियम (१) विपरीत काम गरेमा वा गर्ने प्रयास गरेमा पर्वतारोही दलको नेता, सेरदार र सम्पर्क अधिकृतले त्यस्तो काम रोक्न प्रयास गर्नु पर्नेछ र सो सम्बन्धी जानकारी यथाशीघ्र विभागमा तथा सम्बद्ध निकायमा दिनु पर्नेछ।